पिएन क्याम्पसको स्ववियु निर्वाचन कार्यालयमा ताला
पाेखरा | चैत ५, २०८१
पोखरा: पृथ्वीनारायण क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन अर्को सूचना जारी नभएसम्म स्थगित भएको छ ।
स्ववियु निर्वाचन कार्यालयमा संयुक्त प्यानलसहित अखिल छैठौं र नयाँ शक्ति विद्यार्थी युनियनले तालबन्दी गरेपछि निर्वाचन स्थगित गरिएको निर्वाचन अधिकृत प्राध्यापक डा. रामचन्द्र पोखरेलले विज्ञप्ती जारी गर्दै जानकारी दिएका छन् ।
आज बिहान ८ देखि दिउँसो ४ बजेसम्म निर्वाचन हुने समय तोकेपनि निर्वाचन समितिको त्रुटिका कारण विवाद हुँदा मतदान हुन सकेको थिएन ।
निर्वाचन समितिले बुधबारका लागि निर्वाचन हुने सूचना जारी गरेपछि स्ववियु निर्वाचन कार्यालयमा संयुक्त प्यानलसहित अखिल छैठौं र नयाँ शक्ति विद्यार्थी युनियनले तालबन्दी गरेपछि अर्को सूचना जारी नभएसम्म निर्वाचन स्थगित भएको जनाएको छ ।
तालबन्दीका कारण भोलिको निर्वाचन प्रक्रियालाई अगाडि बढाउन बाधा उत्पन्न भएको हुनाले सर्वपक्षीय छलफलद्धारा स्ववियु निर्वाचनको मिति तय गर्ने जनाइएको छ ।

पर्यटन व्यवसायी कर्ण शाक्यले पोखरा लेकसाइडमा सञ्चालित आफ्नो होटलले फेवातालको जग्गा नमिचेको दाबी गरेका छन् । शनिबार महानगरपालिकाले आफनो होटलको संरचना भत्काएपछि प्रष्टीकरण दिंदै शाक्यले होटलले कुनै ...
कास्की जिल्लाको मिजुरेडाँडा आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान ८ः३४ मिनेट जाँदा कास्की जिल्लाको मिजुरेडाँडा आसपास केन्द्रविन्दु...
पोखरा । नेपाल चेम्बर अफ कमर्सको हीरक जयन्तीको अवसरमा पोखरामा अन्तर्राष्ट्रिय व्यवसाय अनुभव सम्बन्धी अन्तरक्रिया सम्पन्न भएको छ । चेम्बर अफ कमर्सका सदस्य व्यवसायीहरूलाई अन्तर्राष्ट्रिय बजार...

